पोखरामा शुक्रबारदेखि २२ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस

पाेखरा | पुस ९, २०८२

पोखरामा शुक्रबारदेखि २२ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । 


कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा भारत, भुटानसहित एक सय बढी खेलाडी सहभागी हुनेछन् । 


ओपन मेन्स तथा वुमेन्स सिंगल्स, डबल्स, ३५ंं,४५ं,५५ं,६५ वर्ष माथि गरी १२ इभेन्टमा प्रतिष्पर्धा हुने टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेले जानकारी दिए । 


मेन्स, वुमेन्स दुवैको सिंगलतर्फ विजेता हुनेले ८० हजार, उपविजेताले ४० हजार र सेमिफाइनललिष्टले २० हजार पुरस्कार पाउनेछन् । डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ र सेमिफाइनललिष्टले १० हजार पाउने आयोजकले जनाएको छ । 


३५ वर्ष माथि इभेन्टमा सिंगल्सको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार र सेमिफाइनललिष्टलाई १५ हजार प्रदान गरिनेछ । सोही इभेन्ट डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्टले १० हजार पाउनेछन् । ४५ वर्षमाथिको इभेन्टको सिंगल्सतर्फ विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनललिष्टले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । सोही इभेन्टको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्ट १० हजार पाउनेछन् । 


५५ वर्षमाथिको इभेन्टमा सिंगल्सतर्फ विजेता, उपविजेता र सेमिफाइनललिष्टलाई क्रमशः ३०, १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सोही इभेन्टको डबल्समा विजेताले २० हजार, उपविजेता र सेमिफाइनललिष्टले समान १० हजार पानेछन् । 


६५ वर्षमाथिको सिंगल्सतर्फ विजेतालाई १५ हजार, उपविजेतालाई ७ हजार ५ सय र सेमिफाइनललिष्टलाई २५ सय दिइने आयोजकले जनाएको छ । डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता पुस १५ गतेसम्म चल्ने टुर्नामेन्ट डाइरेक्टर चालिसेले जानकारी दिए ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्